भारतले बढायो लडाकु विमान

एजेन्सी, ७ असार । भारतले चीन लक्षित एयरबेसमा लडाकु विमान बढाएको छ ।

ग्लवानमा भएको चिनियाँ फौजसँगको सैन्य झडपमा २० सैनिकले ज्यान गुमाएपछि भारतले चीन नजिक पर्ने एयरबेसमा आफ्ना लडाकु विमान र हेलिकप्टरहरूको तैनाथी वृद्धि गरेको हाे ।

भारतले लडाकु विमानको तैनाथी बढाएरे बेइजिङलाई हुनसक्ने सम्भावित भिडन्तका लागि तयार रहेको संकेत दिएको टाइम्स अफ इन्डियाले जनाएकाे छ ।

‘हामी कुनै पनि प्रकारको प्रतिकारको लागि तयार छौं । आवश्यक सबै कदम उठाइनेछ’, एक उच्च भारतीय सैनिक अधिकारीले बताए ।

चिनियाँ जनमुक्ति सेनाले गल्वान उपत्यकामा रहेको पाङगोङ तालको उत्तरी किनारामा दर्जनबढी सैन्य किल्लाको निर्माण गरेको सो समाचारमा जनाइएको छ।

भारतीय वायुसेनाले चीनसँगको उत्तरी सीमा नजिकै पर्ने लेह, श्रीनगर, अवन्तिपुर, बरेली, तजपुर, चउबा र जासीमारा लगायतका सबै एयरवेसमा सैनिक सक्रियता बढाएको छ।

तिब्बतमा चीनको ८ वटा मुख्य एयरवेस छन् ।

Loading...