भारतमा एकै दिन १५ हजार बढी संक्रमित थपिए

विराटनगर, ७ असार । भारतमा हालसम्म कै उच्च संक्रमित थपिएका छन् ।

भारतमा पछिल्लो २४ घण्टायता १५ हजार बढि संक्रमितहरू थपिएका हुन् ।

केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयको पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार भारतमा १५ हजार ४ सय १३ जना संक्रमित थपिएका हुन् ।

नयाँ संक्रमित थपिएसँगै शुक्रबार बिहानसम्म भारतमा संक्रमितको संख्या चार लाख १ हजार ४ सय ६१ जना पुस्टि भइसकेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ३ सय ६ जनाको ज्यान गएसँगै हालसम्म त्यहाँ १३ हजार २ सय ५४ जनाको मृत्यु भइसकेको पुष्टि गरिएको छ ।

भारतमा अहिलेसम्म २ लाख २७ हजारभन्दा बढी सफल उपचारपछि निको भएर घर फर्किएका छन् ।

वर्ल्डोमिटरको तथ्यांकअनुसार भारत अहिले कोरोना भाइरस रोगबाट सबैभन्दा बढी प्रभावित देशहरूमध्ये चौथो स्थानमा रहेको छ ।

Loading...