birat ribon

प्रवल घिमिरे मृत्यु प्रकरणमा प्रहरी निष्कर्ष : हत्या होइन् दुर्घटना

Neuro
प्रवल घिमिरे मृत्यु प्रकरणमा प्रहरी निष्कर्ष : हत्या होइन् दुर्घटना

विराटनगर, ६ असार । विराटनगर–२ का लेखा परीक्षक प्रवल घिमिरेको हत्या नभई भवितव्य दुर्घटनाका कारण मृत्यु भएको मोरङ प्रहरी निष्कर्ष निकालेको छ । ७ माघमा घिमिरे विराटनगर– २ स्थीत सिंघिया खोलामा मृत अवस्थामा भेटिएका थिए ।

Padelux insider
cura insider
asf
प्रवल घिमिरे

हत्या आशंकामा अनुसन्धान गरेको प्रहरीले पाँच महिना पछि हत्या नभई अत्याधिक मादक पदार्थ सेवानका कारण दुर्घटना भएको निष्कर्ष निकालेको हो ।

‘‘हाम्रो अनुसन्धानमा घटनामा कहि कतैबाट कसैको संलग्नता देखिदैन् ।’ शनिबार पत्रकार सम्मेलन गरी मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले भने ‘पोष्टमार्टम गर्दा पानीमा डुबेर मृत्यु भएको रिपोर्ट आएको छ ।’
मोरङमा सरुवा भएका अधिकारीले घिमिरेको मृत्यु अत्याधिक मादक पदार्थ सेवनका कारण भएको बताए ।

खोलामा शव भेटिदा घिमिरेको पेन्टको च्यान खुला थियो । घटना अघि अत्याधिक मदिरा सेवन गरेका कारण भवितब्य दुर्घटनामा मृत्यु भएको प्रहरी निष्कर्ष निकालेको हो ।

भिसेरा रिपोर्टमा फोक्सो भित्र डाइटम(लेउको कण) देखिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

६ हजार मोबाइलको अनुसन्धान

विराटनगरमा अडिट फर्म सञ्चालन गर्दै आएका घिमिरेको शंकास्पद मृत्यु भएपछि प्रहरी माथि अनुसन्धान गर्न दवाब थियो ।

शंकास्पद अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धानका क्रममा ६ हजार मोबाइल नम्बरहरुको अध्ययन गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

विश्व अधिकारी

‘हत्याको आशंकामा बिटिएस डाटामा घटना भएको रातको मोबाइल नम्बर अध्ययन गर्यौ ।’ उनले भने ‘घटना स्थल आसपास ६ हजार एनसेल एनटिसी सीम एक्टिभ थिए, तर शंकास्पद कुनै नम्बर देखिएन ।’

प्रहरी उपरीक्षक अधिकारीका अनुसार घिमिरेले बोक्ने मोबाइल पनि भेटिएको छैन ।

प्रहरीले घटनामा कसैले संलग्नता नभएको बताएपनि उनी खोलासम्म कसरी पुगे भन्ने खुल्न सकेको छैन । तर अत्याधिक मादक पदार्थ सेवन गरेका कारण घर जाने बाटो बिर्सिएर खोला तर्फ गएको देखिएको उनले बताए । ‘गाडीबाट ओर्लिएपछि तीनपैनी जाने भन्दै अरु कसैको घरमा जान खोजेको देखिन्छ ।’ उनले भने ‘ घर धनीले तीनपैनीको बाटो देखाएको अनुसन्धानमा खुलेको छ ।’

तीन होटलमा खानपान, पैदल हिड्दा बाटो बिर्सिए

प्रहरीका अनुसार घिमिरे ६ गते राति देखि सम्पर्क बिहिन भएका थिए । श्रीमतीसँग फोनमा घर आउन बाटो विर्सिएको बताएका घिमिरे भोलीपल्ट बिहान मृत भेटिएका थिए ।

विराटनगरका ठूला ५० हाराहार कम्पनीको अडिट गर्दै आएका घिमिरे ६ गते सोमबार साझ अडिटकै शिलशिलामा नन्दकिसोर राठीले बोलाएपछि उनको उद्योगमा पुगेका थिए ।

मोटरसाइकल राठीको उद्योगमै राखेर आमाज बेकरी पुगे । आमाजमा नन्दकिशोर राठी, राठीका ड्राइभर र बारका सञ्चालक सौगात नेपालसँग उनी बसेका थिए ।

आमाजबाट नन्दकिसोरले उर्लाबारीका अनिल चाण्डकलाई होटल मुनमा भेट गर्न बोलाएपछि उनीहरु भाटभटेनी सुपरमार्केट हुँदै मुन होटल पुगेका थिए ।

भाटभटेनीमा दुई बोतल ब्लाक लेबल र आधा बोतल रुसलान भोड्का लिएर गएको अधिकारीले बताए ।

होटल मुनामा अनिलकुमार चाण्डक, विनय कर्ण, अशोक अटल, अरुणकुमार राठी, चाण्डकका सवारी चालक चन्द्रबहादुर दर्जी र होटल सञ्चालक विजयराज प्रसाईसँग भेट गरेका थिए ।

मुन होटलपछि उनीहरु लोटस बार पुगेका थिए । लोटस बारमा भने राठी बसेनन् । घरबाट श्रीमतीको फोन आएका कारण उनी फर्किए । लोट्समा घिमिरेसँगै अनिलकुमार, विनय कर्ण, अरुणकुमार राठी र होटल सञ्चालक मनोज श्रेष्ठ बसेका थिए ।

नन्दु राठीको गाडीमा होटलसम्म पुगेका प्रवल घर फर्कदा भने चाण्डकको गाडीमा चढेका थिए ।

चन्द्रबहादुर दर्जीले चलाएको गाडीमा घिमिरे, चाण्डक र कर्ण बसेका थिए । प्रहरीका अनुसार गाडीमा सवार अन्यले घिमिरेको घर नदेखेपछि एनआइसी एसिया बैंक अगाडी छाडेर आफ्नो गन्तब्य तर्फ लागेका थिए ।

तर उनी घर पुगेनन् । परिवार र साथीभाईले रात भरी खोजी गर्दा पनि भेटिएनन् । भोली पल्ट बिहान भने सिंघिय खोलामा मृत अवस्थामा भेटिएका थिए ।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार घिमिरे मोरङ व्यापार संघको बाटो एक्लै हिडेको सीसी क्यामेरामा देखिएको छ । रातको समयमा घर जाने बाटो बिर्सिएका उनी बञ्जरा चौंकको बाटो हुँदै पूर्व तर्फ पनि लागेको देखिएको अधिकारीले दाबि गरे ।

घिमिरेसँग अघिल्लो रात बसेका सबै जनाको कल डिटेल अध्ययन गरेको प्रहरीले ५ महिनाको अनुसन्धानपछि मादक पदार्थ सेवन पछि भएको घटना भएको निष्कर्ष उनले बताए । यता घिमिरेको परिवारले भने हत्या भएको दाबि गर्दै आएको छ ।

jackson ribon