लर्डबुद्ध कलेज व्यवस्थापनमा न्यूरो अस्पतालको टिम

विराटनगर, ६ असार । विराटनगरको लर्ड बुद्ध उच्च माध्यमिक विद्यालय(लर्डबुद्ध कलेज) को स्वामित्व न्यूरो अस्पताल विराटनगरको टिमले ग्रहण गरेको छ ।

लर्डबुद्ध स्कुल सञ्चालन गरिरहेको यूनिभर्सल लर्ड बुद्धका अध्यक्ष नितिनचन्द्र गजुरेलले स्कुलको सम्पूर्ण स्वामित्व न्यूरो कार्डियो एण्ड मल्टीस्पेशियालिटी हस्पिटललाई हस्तान्त्रण गरेका हुन ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमेरेको उपस्थीतिमा अस्पतालका अध्यक्ष डा. विरेन्द्रकुमार विष्टलाई हस्तान्त्रण गरेका थिए ।

हस्तान्तरण पश्चात अस्पतालका कार्यकारी निर्देशक अनिषा बिष्ट र प्रबन्ध निर्देशक राजेश भट्टराईसहितको तीन सदस्यी सञ्चालक समिति गठन भएको छ ।

लर्डबुद्ध स्कुलका निवर्तमान अध्यक्ष नितिन गजुरेलले कलेजको सम्पूर्ण स्वामित्व तथा व्यवसायिक व्यवस्थापन डा. विष्टको टिमलाई हस्तान्तराण गरेको बताए ।

स्वामित्व ग्रहण पछि डा. विष्टले प्रदेश १ कै शिक्षा क्षेत्रमा स्थापित लर्ड बुद्ध कलेजको स्वामित्वले स्वास्थ्य तथा शिक्षा क्षेत्रको माध्यमबाट समाजमा योगदान पु¥याउने आफ्नो उद्देश्यले थप सार्थकता पाएको बताए ।

कलेजका प्रबन्ध निर्देशक राजेश भट्टाईले लर्ड बुद्ध कलेजको गरिमा र साखलाई आफ्नो नेतृत्वमा थप उचाइमा पुर्याउने बताए ।

स्वामित्व हस्तान्तरण कार्यक्रममा १ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वास्थ्य क्षेत्रमा ख्याति कमाएका डा. विष्टको टिम सबल र सक्षम रहेकाले शिक्षा क्षेत्रको आवश्यतालाई सम्बोधन गर्ने बताए ।

Loading...