विराटनगर, ६ असार । मोरङमा थप ८ जनामा काेराेना संक्रमित थपिएका छन । शनिबार माेरङकाे रतुवामाइ नगरपालिकामा ८ जना कोरोना संक्रमित थपिएका हुन ।
रतुवामाईमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै माेरङ जिल्लामा कोरोना संक्रमितको संख्या ११६ पुगेको छ ।
शनिबार प्रदेश १ मा ११ जना कोरोना संक्रमित थपिएको प्रदेश १ का सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले बताए । थपिएका संक्रमित मध्ये ८ जना मोरङको रतुवामाई नगरपालिकाका हुन ।
झापाको गौरीगञ्जमा एकजना र सुनसरीको कोशी गाउँपालिकामा २ जना महिलामा शनिबार संक्रमण देखिएको उनले बताए ।
प्रदेश जनस्वास्थ्य प्रयाेगशाला विराटनगर र विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जाँच गर्दा ११ जनाकाे रिपाेर्ट पाेजेटिभ देखिएकाे हाे ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४३० पुगेको छ । ती मध्ये २३४ जना उपचारपछि निको भएका छन ।