birat ribon

विराटनगरकी संक्रमित महिलाको सम्पर्कमा आएका तीनजनाको रिपोर्ट नेगेटिभ

Neuro
विराटनगरकी संक्रमित महिलाको सम्पर्कमा आएका तीनजनाको रिपोर्ट नेगेटिभ

विराटनगर,६ असार । विराटनगरकी कोरोना संक्रमित महिलाको सम्पर्कमा आएका तीनजनाको कोरोना जाँच रिपोर्ट नेगेभिट आएको छ । बिहीबार विराटनगर १० (साबिक १३) की ३६ वर्षिय महिला र उनका ८ महिने छाेरामा काेराेना संक्रमण देखिएकाे थियाे ।

Padelux insider
cura insider

भारतको शिलगुढीबाट केही दिन अघि आएर होम क्वारेन्टाइनमा बसेकी महिला र शिशुमा संक्रमण देखिएपछि महानगरपालिकाले २ जनााकाे सम्पर्कमा आएका तीनजना आफन्तकाे नमुना संकलन गरेकाे थियाे ।

विराटनगरको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा तीनै जनाकाे नेगेटिभ रिपोर्ट आएको विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

नेगेटिभ रिपाेर्ट आएपनि उनीहरूलाइ १५ दिन हाेम क्वारेन्टाइनमा बस्न लगाइएकाे उनले बताए ।

८ सयको कोरोना जाँच

महानगरपालिले बिहीबारसम्म ८ सय ७ वटा जनाको नमुना संकलन गरी कोरोना जाँच गरेको छ । जसमा ६ जनाको कोरोना रिपोर्ट पाजेटिभ देखिएको थियो ।

विराटनगर महानगरपालिकाले कोरोना संक्रमणका शंकास्पदलाई राख्न १९० शैय्या ६ वटा क्वारेन्टाइन तयार गरेको छ । ती क्वारेन्टाइनमा भारत तथा तेस्रो देशबाट आएकाहरुलाई राखिएको छ ।

jackson ribon