birat ribon

राप्ती नगरपालिकामा कोरोना नियन्त्रण गर्न ८९ लाख खर्च

Neuro
राप्ती नगरपालिकामा कोरोना नियन्त्रण गर्न ८९ लाख खर्च

चितवन, ६ असार । चितवनको राप्ती नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि ८९ लाख ४३ हजार ४३० खर्च गरेको छ ।

नगर प्रमुख प्रभा बरालका अनुसार पछिल्लो तीन महिनामा राहतसहित विभिन्न शीर्षकमा ८९ क् करोड ४३ लाख खर्च भएको हो ।

cura insider

उनका अनुसार अनुसार राहतमा ६५ लाख ३१ हजार २५६, स्वास्थ्य सामग्री खरिदमा आठ लाख ९६ हजार ७६१, क्वारेन्टाइनमा दुई लाख ८२ हजार ६१२ खर्च भएको छ ।

क्वारेन्टाइनमा रहेको व्यक्तिको खाना, खाजा खर्चमा रु सात लाख ४९ हजार २७०, सवारी चालकका लागि एक लाख २२ हजार ८३०, कोरोना बीमा एक लाख ३७ हजार ४२०, इन्धन खर्च ४१ हजार ४२, एम्बुलेन्स भाडा ३५ हजार २२० र अन्यमा एक लाख ४१ हजार नौ खर्च भएको छ ।रासस

jackson ribon