ब्राजिलमा संक्रमितको संख्या दश लाख नाघ्यो, एकैदिन थपिए ५५ हजार संक्रमित

विराटगर, ६ असार । ब्राजिलमा पछिल्लो २४ घण्टामा ५५ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन ।

वल्डोमिटरको तथ्याङक अनुसार ५५ हजार २ सय ९ जनामा कोरोना संक्रमित थपिएका हुन ।

यो सँगै ब्राजिलमा कोरोना संक्रमितको संख्या १० लाख नाघेको छ । ब्राजिलमा १० लाख ३८ हजार ५ सय ६८ जना कोरोना संक्रमित छन ।

संक्रमित मध्ये ४९ हजार ९० जनाले ज्यान गुमाएका छन ।

पछिल्लो २४ घण्टामा एक हजार २ सय २१ जनाले ज्यान गुमाएका छन् । संक्रमित मध्ये ५ लाख २० हजार ३६० जना कोरोना मुक्त भएका छन ।

Loading...