birat ribon

हलेसी तुवाचुङमा ‘एक वडा, एक महिला कृषि सहकारी’

Neuro
हलेसी तुवाचुङमा ‘एक वडा, एक महिला कृषि सहकारी’

खोटाङ, ६ असार । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ‘एक वडा, एक महिला कृषि सहकारी’ संस्था स्थापना गर्ने भएको छ ।

Padelux insider
cura insider

असंगठित रूपमा व्यवसाय गर्दै आएका महिलालाई एकताबद्ध गराएर आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाले सबै वडामा सहकारी स्थापनाको अभियान सुरू गरेको हो ।

नगरको नीति तथा कार्यक्रमअन्तर्गत फलफूल तथा तरकारी खेती, सिन्के धुप उत्पादन, व्यापार व्यवसायलगायतका उद्यम सञ्चालन गर्न प्रोत्साहित गर्ने र उद्यमसम्बन्धी कामबाट आएको आम्दानीलाई बचत गर्दै उनीहरुलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउन हरेक वडामा एउटा महिला कृषि सहकारी स्थापनाको काम शुरु गरिएको नगर उपप्रमुख विमला राईले बताइन ।

यसअघिदेखि नै कृषि सहकारी संस्था स्थापना गरेका वडा नम्बर–७ महादेवस्थानस्थित हलेसी कृषि महिला सहकारी संस्थामा आबद्ध महिलालाई नगरपालिकाले सहकारी व्यवस्थापन र क्षमता अभिवृद्धिसम्बन्धी अभिमुखीकरण चार दिने तालीमसमेत दिएको छ ।

कृषि सहकारी दर्ता गरिसकेपछि सहकारी सञ्चालन तथा व्यवस्थापन, संस्थागत तथा व्यक्तिगत क्षमता विकास, आयआर्जन, बचत तथा लेखा व्यवस्थापनसम्बन्धी महिलाको क्षमता अभिवृद्धि गराउन अभिमुखीकरण तालीमको आयोजना गरिएको हो । रासस

jackson ribon