गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमण

काठमाडाैं, ६ असार । गण्डकी प्रदेशमा थप ५८ जना कोरोना संक्रमण पुष्टि भएको छ । ७ जिल्लाका ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तनहुँमा २५, नवलपुरमा १६, बाग्लुङमा ८, गोरखामा पाँच जना कोरोना संक्रमित फेला परेका हुन ।

त्यस्तै कास्कीमा २ जना, म्याग्दी र स्याङ्जामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४३८ पुगेको छ ।

Loading...