ईलाम, ५ असार । इलाममा हराइरहेका देवर भाउजू मृत भेटिएका छन । इलामको माङसेबुङ गाँउपालिका– ६ मावाटोल बस्ने २७ वर्षीय बिशाल राई र उनकै भाउजु २६ बर्षीया गीता राई मृत भेटिएका हुन ।
बिहीबार दिउँसोबाट हराएका उनीहरुको शव झुण्डीएको अवस्थामा मृत फेला परेको प्रहरलिे जनाएको छ ।
बिहीबार बिहान हिडेका दुईजना बेलुकासम्म घर फर्की नआएपछी आफन्तले खोजी गर्ने क्रममा शुक्रबार बिहान घर देखी करिब सातसय मिटर परको दारजातको रुखको एउटै हांगामा झुण्डीएको अवस्थामा भेटिएपछि प्रहरी चौकी सागफारामा जानकारी गराएका थिए ।
घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय मंगलबारेको टोलीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।