आर्थिक विधयेक सर्वसम्मत पारित

विराटनगर, ५ असार । प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयले ल्याएको आर्थिक विधेयक सर्वसम्मत पारित भएको छ ।

आगामि आर्थिक वर्ष २०७७÷७८ को बजेट सञ्चालनको लागी मन्त्रालयले ल्याएको विधयेक शुक्रबारको बैठकले पारित गरेको हो ।

विधयेकमाथि सांसदहरूले तीन दिनसम्म छलफल गरेका थिए । शुक्रबारको छलफलमा सांसद मोहन खड्काले संसोधन नै नहुने विधयेकमाथि छलफल गर्नुुको कुनै औचित्य नभएको बताए ।

उनले वित्तिय हस्तान्तरणको अधिकार प्रदेशलाई नदिएर नेपाल सरकार संघीयतालाई धरासायी बनाउन लागेको आरोप लागाए । उनले प्रदेशको करको दायरा संकुचित भएको बताए ।

उनले कोभिड–१९ को कारणले सरकारले कर छुटको व्यवस्था गर्नु राम्रो भएको बताए । यद्यपि, सरकारले करको दायरा पनि बढाएन र वृद्धि पनि नगरेर आफैंले संकुचन गरेको बताए ।

छलफलमा सांसद राजकुमार ओझाले खोलाको ढुङगा, गिटी, बालुवा, माटो र भरोटको ठेक्का एकै पटक लागाउने व्यवस्था गरिनुपर्ने बताए । उनले गरिब, विपन्न, अपाङगलाई जग्गा दर्तामा छुटको व्यवस्था गराउनु पर्ने बताए ।

पुस्तौंदेखिको सुकुम्बासीले पहिलोपटक जग्गा किन्दा त्यसको लागि पूर्ण कर छुट दिइनुपर्ने बताए ।

शुक्रबारको छलफलमा ओमप्रकाश सरावगी र लीला सुब्बाले पनि सहभागी भएका थिए ।

Loading...