न्यूजील्याण्ड फेरि कोरोनामुक्त हुने बाटोमा

विराटनगर, ५ असार । शुक्रबार न्यूजील्याण्डमा एक जना पनि कोरोना संक्रमित थपिएका छैनन् ।

युक्रेनबाट दुई महिला यात्री कोरोना पोजिटिभ पाइएदेखि देशमा फेरि पनि संक्रमण देखिएको छैन ।

न्यूजील्याण्डका स्वास्थ्य महानिदेशक एशले ब्लूमफिल्डले बिहीबार ६ हजार २ सय ७३ परीक्षणहरू भएको जसमध्ये एक जना पनि संक्रमित नभएको जानकारी दिएका छन् ।

यद्यपि, विदेश यात्राबाट फर्केका ६० वर्षीय एक व्यक्ति कोरोना संक्रमित पाइएका छन् ।

न्यूजील्याण्डको जुनसुकै ठाउँबाट पनि यात्रा गर्नेहरूलाई १४ दिनको लागि क्वारेन्टाइनमा राखिने गरिन्छ । मुलुकमा हाल तीन सक्रिय संक्रमितहरू छन् । यहाँ संक्रमित व्यक्तिहरूको कुल संख्या १ हजार ५७ हो ।

परिवारको आवश्यकताको नाममा चाँडै क्वारेन्टाइन छोडेका दुई व्यक्तिको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।

यी दुवैले देशका धेरै ठाउँहरूमा भ्रमण गरेका छन् ।

प्रधानमन्त्री जेसिंडा अर्डरनले दुई नयाँ संक्रमितको खुलासा भएको थाहा पाएपछि नाराजगी व्यक्त गर्दै यस्तो गल्ती फेरि दोहोर्‍याउन नहुने बताएकी छन् ।

Loading...