चीनद्वारा दस भारतीय सैनिक रिहा

एजेन्सी, ५ असार । चीनले आफ्नो कब्जामा राखेको दस जना भारतीयल सैनिकलाई रिहा गरेको छ ।

सोमबार लद्दाखको गलवान उपत्यकाको सीमामा भएको झडप गिरफ्तार गरिएका १० भारतीय सैनिकलाई बिहिबार रिहा गरेको हो ।

भारतीय पत्रिका द हिन्दुका अनुसार भारतीय सैनिकतर्फ एकजना कर्णेल, तीनजना मेजरसहित १० जनालाई चीनले रिहा गरेको थियो ।

गलवान उपत्यकामा सीमाको विषयमा सोमबार भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको हो जसमा एक कर्णेल पनि थिए । झडपमा १८ जना भारतीय सैनिक गम्भीर घाइते भएका छन् ।

मेजर जर्नेलस्तरको द्वीपक्षीय वार्तापछि चीनले आफ्नो कब्जामा रहेका भारतीय सैनिकलाई बिहीबार साँझ ५ बजेतिर रिहा गरेको हो ।

सन् १९६२ को युद्धपछि भएको सबैभन्दा ठूलो झडप हुनुमा भारत र चीनले एकअर्कालाई दोषारोपण गरिरहेका छन् ।

Loading...