birat ribon

रिएजेण्ट नहुँदा कोशी अस्पतालमा दुई दिन रोकियो कोरोना परीक्षण

Neuro
रिएजेण्ट नहुँदा कोशी अस्पतालमा दुई दिन रोकियो कोरोना परीक्षण

विराटनगर, ५ असार । कोरोना जाँचका लागि आवश्यक रिएजेण्ट नहुँदा कोशी अस्पताल विराटनगरमा दुई दिन कोरोना परीक्षण रोकिएको छ ।

Padelux insider
cura insider

कोरोना जाँचका लागि चाहिने आएनए एक्ट्रयाक्सन नहुँदा बुधबारयता कोरोना जाँच रोकिएको हो ।

अस्पतालमा परीक्षण रोकिएपछि कोशीमा परीक्षणका लागि पठाइएका केही स्वाबहरू अन्यत्र लगिएको छ । परीक्षणका लागि अस्पतालले नभई स्वाब पठाएका स्थानीय तहले परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर लगेका हुन् ।

आरएनए र पीसीआर रिएजेण्ट सकिएका कारण बुधबार र बिहीबार कोरोना परीक्षण नभएको कोशी अस्पतालका प्रवक्ता डाक्टर लक्ष्मीनारायण शाहले बताए ।

शुक्रबारबाट साझबाट कोरोना परीक्षण सुरु हुने उनले बताए । ‘हिजो राति (बिहीबार) रिएजेन्ट आइपुग्यो,’ उनले भने, ‘अब कोरोना जाँच सुरु हुन्छ ।’ रिएजेन्ट नहुँदा कोशीमा पाँचसय जनाको स्वाब परीक्षणका लागि होल्डमा राखिएको थियो । शुक्रबारबाट क्रमशः जाँच सुरु गरिनेछ ।

jackson ribon