दक्षिण कोरियामा फेरि बढे कोरोना संक्रमित, आज ४९ नयाँ संक्रमित थपिए

विराटनगर, ५ असार । दक्षिण कोरियाले ठूलो मात्रामा कोरोना भाइरसको प्रकोपलाई नियन्त्रणमा राख्न सफल भएको विश्वास गरिएको थियो ।

तर, दक्षिण कोरियामा फेरि एकपटक कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

शुक्रबार, दक्षिण कोरियामा ४९ नयाँ संक्रमित थपिएका हुन् ।

यससँगै, देशमा संक्रमित व्यक्तिहरूको कुल संख्या बढेर १२ हजार ३ सय ६ पुगेको छ ।

राजधानी सोल र वरपरका क्षेत्रमा, सबैभन्दा बढी संक्रमणको रिपोर्ट भइरहेका छन् ।

संक्रमण कम देखिएका कारणले दक्षिण कोरियाले मे महिनाको शुरूमा नै सामाजिक दूरीको नियमहरूमा छुट दिएको थियो ।

तर, दक्षिण कोरियाका स्वास्थ्यमन्त्रीले मानिसहरूलाई संक्रमण फेरि बढ्न थालेमा तिनीहरूले सामाजिक दूरीका कडा नियमहरू लागू गर्नुपर्ने चेतावनी दिएका छन् ।

हालसम्म त्यहाँ २ सय ८० जनाको मृत्यु भएको छ भने १० हजार ८ सय ३५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

Loading...