भारतमा फेरि हालसम्मकै उच्च संक्रमित थपिए

विराटनगर, ५ असार । भारतमा दिनदिनै उच्च संक्रमित रेकर्ड हुन थालेको छ ।

भारतमा पछिल्लो २४ घण्टायता झन्डै १४ हजार संक्रमितहरू थपिएका हुन् ।

पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार भारतमा कोरोना भाइरस संक्रमणको कारण १३ हजार ८ सय २३ जना संक्रमित थपिएका हुन् ।

एकैदिन भेटिएका नयाँ संक्रमितको संख्या हालसम्मकै उच्च रहेको र आउने दिनहरूमा संख्यामा थप वृद्धि हुने देखिन्छ ।

नयाँ संक्रमित थपिएसँगै शुक्रबार बिहानसम्म भारतमा संक्रमितको संख्या तीन लाख ८१ हजार ९१ जना पुष्टि भइसकेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ३ सय ४२ जनाको ज्यान गएसँगै हालसम्म त्यहाँ १२ हजार ६ सय ४ जनाको मृत्यु भइसकेको पुष्टि गरिएको छ ।

भारतमा अहिलेसम्म लगभग २ लाख ५ हजार १ सय ८२ जना सफल उपचारपछि निको भएर घर फर्किएका छन् भने १ लाख ६३ हजार ३ सय ५ जना उपचार गराइरहेका छन् ।

वर्ल्डोमिटरको तथ्यांकअनुसार भारत अहिले कोरोना भाइरस रोगबाट सबैभन्दा बढी प्रभावित देशहरूमध्ये चौथो स्थानमा रहेको छ ।

Loading...