birat ribon

नेपाल आउनेभन्दा भारत फर्कने बढी

Neuro
नेपाल आउनेभन्दा भारत फर्कने बढी

विराटनगर, ५ असार । प्रदेश १ मा भारतबाट नेपाल फर्कनेभन्दा नेपालबाट भारत फर्कने कामदारको संख्या झण्डै दोब्बर रहेको पाइएको छ ।

Padelux insider
cura insider

कोरोना महामारीकाका कारण रोजगार गुमेपछि भारतबाट नेपाल फर्कनेभन्दा रोजगारीका लागि नेपाल आएका भारतीयहरूको फर्कने संख्या बढी रहेको पाइएको हो ।

प्रदेश प्रहरी कार्यायल विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दीपक सिग्देलका अनुसार २ असारसम्म प्रदेश १ का चारवटा जिल्लाका नाकाहरूबाट ११ हजार २ सय नेपाली भित्रिएका छन् । तर झापा र मोरङ जिल्लाबाट भारत फर्कनेहरूको संख्या २० हजार ७७ छ ।

झापाको काँकडिभट्टा नाकाबाट १६ हजार ३ सय ९३ जना भारत प्रवेश गरेका छन् । विराटनगरबाट बिहीबारसम्म हुँदै ३ हजार ६ सय ७४ जना भारत प्रवेश गरेका छन् । इलामबाट २ जना भारत गएका छन् ।

भारतबाट नेपाल प्रवेशका लागि चार जिल्लामा नाका तोकिएको छ । मोरङको रानी नाका हुँदै ३ हजार ३७ जना नेपाल प्रवेश गरेका छन् । झापाबाट ६ हजार ७ सय ५६, इलामबाट ३३४ जना नेपाल प्रवेश गरेका छन् ।

त्यस्तै सुनसरीबाट १ हजार ७३ गरी जम्मा ११ हजार २ सय जना नेपाल प्रवेश गरेका छन् । यो संख्या १४ जेठयताको हो । भारतबाट आएकाहरूलाई होल्डिङ हेरियामा राखेर सम्बन्धित स्थानीय तहमा पठाउँदै आएको छ ।

उद्योग र निर्माण क्षेत्रमा मजदूर

मोरङ सुनसरीका औद्योगिक करिडोर तथा इँटा भट्टा उद्योगहरूमा भारतबाट कामदारहरू आएका छन् । तराईका तीन जिल्लामा सञ्चालनमा रहेका इँटाभट्टा उद्योगमा भारतको बंगालबाट वार्षिक रूपमा काम गर्न आउने गरेका छन् ।

इँटा भट्टा उद्योगमा १६ हजार हाराहारी मजदूर काम गर्न आएको अनुमान छ । सुनसरी मोरङको औद्योगिक करिडोरमा करिब पाँच हजार भारतीय मजदूर रहेको स्थानीय प्रशासनको अनुमान छ । लकडाउनका कारण काम रोकिएपछि २० हजार भारतीय घर फर्किएका हुन् ।

jackson ribon