उत्तर कोरियाली नेता किम जोङलाई चिनियाँ राष्ट्रपति भन्दै पुत्ला दहन (भिडियो)

विराटनगर, ५ असार । भारत-चीन सीमा क्षेत्रमा भएको भिडन्तका कारण भारतीय जनता चीनप्रति निकै आक्रोसित छन् । चीनविरुद्ध भारतमा विभिन्न प्रदर्शनहरूसमेत भइरहेको छ ।

यस्तैमा बंगालको आसनसोलमा गरिएको एक विरोध प्रदर्शनको भिडियो सार्वजनिक भएको छ ।

ट्वीटरमा सार्वजनिक गरिएको भिडियोमा भाजपाका कार्यकर्ताले चीनको विरोध गर्नका लागि पुत्ला दहन गर्न लागेको देखिन्छ ।

तर, भाजपाका कार्यकर्ताले यसमा ठूलो गल्ती गरेका छन् । उनीहरूले चिनियाँ राष्ट्रपति सि जिनपिङको ठाउँमा उत्तर कोरियाली नेता किम जोङको पुत्ला दहन गरेका छन् ।

भिडियोमा बंगाल भाजपाका कार्यकर्ताले आफूहरू चीनको विरोध गरिरहेको र चीनका प्रधानमन्त्री किम जोङको पुत्ला जलाउन लागेको बताएका छन् ।

साथै उनीहरूले मानिसहरूलाई चिनियाँ उत्पादनको त्याग गरी स्वदेशी सामान प्रयोग गर्नसमेत आग्रह गरेका छन् ।

ट्वीटरमा सार्वजनिक गरिएको यो भिडियो इन्टरनेटमा निकै भाइरल भएको छ । र, भिडियोको साथै भाजपा नेताको पनि ट्रोल भइरहेको छ । 

Loading...