birat ribon

दलितसँग विवाह गरेकी महिलालाई सगोलमा बाबुको किरिया गर्न दिइएन

Neuro
दलितसँग विवाह गरेकी महिलालाई सगोलमा बाबुको किरिया गर्न दिइएन

विराटनगर, ५ असार । दलित युवासँग अन्तर्जातीय विवाह गरेकी एक महिलालाई बाबुको किरिया गर्नबाट बञ्चित गराइएको छ ।

Padelux insider
cura insider

मोरङको केराबारी गाउँपालिका–६ अमृत चौक माइती भएकी २९ वर्षीया अञ्जु पुरीलाई बाबु समशेर गिरिको मृत्यु संस्कारमा सामूहिक सहभागी हुनबाट माइतीपक्षले बञ्चित गराएका हुन् ।

सानो जातसँग विवाह गरेर जात फालेको भन्दै माइतीले सामूहिक मृत्यु संस्कार गर्न नदिएपछि अहिले सञ्जु माइती घरको बरण्डामा अलग्गै ढिकुरो बनाएर बाबुको किरिया गर्न बसिरहेकी छन् । तर घिमिरे थरका बाहुनसँग विवाह गरेकी अञ्जुकी बहिनी गंगामायालाई चाहिँ माइतीपक्षले सगोलमै मृत्यु संस्कारमा सहभागी गराएको छ ।

आफूले विश्वकर्मासँग विवाह गरेर कुनै गल्ती नगरेको र कानूनले पनि जातीय छुवाछूतलाई अपराध मानिसकेकोले सगोलमै बुबाको किरिया बस्न पाउनुपर्ने माग अञ्जु र उनका श्रीमानले गरेका थिए ।

तर माइतीपक्षले सानो जातको भएर ठूला कुरा नगर्न र आफ्नै समुदायको पुरोहित बोलाएर काजकिरया सम्पन्न गराउन भन्दै धाकधम्की दिएर उनीहरूलाई छुवाछूत गरेको स्थानीय प्रत्यक्षदर्शीहरूले बताएका छन् । एउटै माइतीका दुई चेलीहरू एक जना घरभित्र सगोलमा बाबुको काजकिरिया गरिरहेकी छन् भने दिदीअञ्जु माइती घरको बरण्डामा अलग्गै झोक्राइरहेकी छन् ।

गाउँलेहरूका अनुसार जातीय विभेद र छुवाछूत संविधान र कानून अनुसार अपराध भइसक्यो भनेर सम्झाउँदा पनि माइतीपक्षले आफ्नो कुलबंश परम्परा भन्दै उनीहरूलाई सगोलमा सहभागी गराएनन् । बरु, घरकै बरण्डामा अलग्गै ढिकुरो र अर्कै बाहुन बोलाएर किरिया गर्न भने दिइएको छ ।

उनीहरूलाई माइतीपक्षका पुरुषहरूले घटनालाई बाहिर लगेमा जेपनि गर्न सक्ने धम्की दिएको र सहयोगीहरू पनि कोही नभएकोले उनीहरू आफूमाथि भएको अन्याय चुपचाप सहिरहेका छन् । उनीहरूलाई घटनाबारे पत्रकार, मानव अधिकारकर्मी र प्रहरीलाई जानकारी दिएमा जे पनि गर्नसक्ने धम्की दाइभाइहरूले दिइरहेका छन् ।

२०६९ सालमा पाँचथर फिदिम नगरपालिका–१४ घर भएका सुभाष दर्नाल विश्वकर्मासँग मोरङको केरावारी गाउँपालिका घर भएकी अञ्जु पुरीले अन्तर्जातीय प्रेम विवाह गरेकी थिइन् । विवाहपछि अञ्जु श्रीमान् र एक छोरीसँगै काठमाण्डौमा बस्दै आएकी थिइन् । उनका बुबा समशेर पुरीले अन्तिम अवस्थामा छोरी–ज्वाइँको मुख हेरेर मर्छु भनेर बोलाउन लगाएका थिए । यसैले अञ्जु लकडाउनको समयमा पनि जोखिम मोलेर १८ हजार भाडा तिरेर बिरामी बुबाको मुख हेर्न श्रीमान् र ८ वर्षको छोरीसँगै माइती हिँडेकी थिइन् । तर बाटोमा आउने क्रममै २९ जेठमा बुबाको मृत्यु भएको थियो ।

बुबाको मृत्यु भएपछि माइतीपक्षले ‘अब तिमीहरू आउन पर्दैन’, कोरोना सर्छ फर्क भनेर फोनबाट माइत आउन रोकेकाथिए । तर वडा अध्यक्षसँग सम्पर्क गर्दा आरडिटी टेस्ट गराएर आउन पाउने भनेपछि उनीहरूले सबैको आरडिटी जाँच गराएका थिए । आरडिटी नेगेटिभ आएपछि अञ्जु र उनका श्रीमान् सुभाष १ असार साँझ केराबारीस्थित माइती घर पुगेका थिए ।

तर माइतीपक्षले अञ्जुका श्रीमान सुभाष र छोरीलाई सानो जातको भनेर घरभित्र पस्न नदिई बाहिरै राखेर अलग्गै किरिया गर्न भनेका थिए । अञ्जुकी आमा बौद्धिक अपांग छिन् बोल्न सक्दिनन् । यसैले माइतीहरूले उनलाई अलग्गै किरिया बस्न र १३औ पनि अलग्गै बाछो ल्याएर कर्म गराउन अह्राएका छन् ।

वडा अध्यक्ष उपेन्द्र लुङ्गेलीले आफूले समन्वय गरेर अञ्जु र उनका श्रीमानलाई बाबुको मृत्यु संस्कारका लागि माइत आउन सहयोग गरेको तर उनीहरूमाथि जातयी विभेद भएको भन्ने कुरा जानकारी नभएको बताए ।

jackson ribon