birat ribon

क्वारेन्टाइनमा बसेका १८ जनामा कोरोना पोजिटिभ

Neuro
क्वारेन्टाइनमा बसेका १८ जनामा कोरोना पोजिटिभ

मेलम्ची, ५ असार । सिन्धुपाल्चोक जिल्लाको क्वारेन्टाइनमा बसेका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी कृष्ण तिवारीका अनुसार मेलम्चीको बाहुनेपाटीको क्वारेन्टाइनमा रहेका १३ जना र मेलम्चीको क्षेत्रीय क्वारेन्टाइनमा बसेका ५ जनामा गरी १८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

cura insider

दोलखाबाट आएर क्षेत्रीय क्वारेन्टाइन मेलम्चीमा बसेका ८ जना र बाहुनेपाटीमा रहेका १८ जनाको गरी जम्मा २६ जनाको स्वाव संकलन गरी १ असारमा परीक्षणको लागि टेकु प्रयोगशाला काठमाडौं पठाइएको थियो ।

कुवेत, भारत, भोजपुर र दोलखाबाट भिन्न भिन्न समयमा आएका उनीहरूको रिपोर्ट बिहिबार राति आएको हो । संक्रमितहरू पाँचपोखरी गाँउपालिकाका १० जना, हेलम्बु गाँउपालिकाका ३ जना र मेलम्ची नगरपालिकाका ५ जना रहेका छन् ।

कुवेतबाट जेठ २९ गते आएका १० महिलामध्ये ९ जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै दोलखाबाट जेठ १० मा आएका पाँच पुरुष र भोजपुरबाट जेठ २८ गते आएका चार पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

दोलखाबाट आएका पुरुषहरु पाँचपोखरी गाउँपालिकाका हुन् । उनीहरूमध्ये दुई जनालाई यसअघि नै संक्रमण भएको थियो । त्यसैगरी कुवेतबाट आउनेमा हेलम्बु, इन्द्रावती, पाँचपोखरी र मेलम्चीका छन् ।

योसँगै जिल्लामा संक्रमितको संख्या २४ पुगेको छ । तीमध्ये संक्रमित एक महिलाको भने मृत्यु भइसकेको छ । उनी कोरोनाबाट ज्यान गुमाउने मुलुककै पहिलो थिइन् । मृत्युपछि धुलिखेल अस्पतालमा गत १ वैशाखमा ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । एक संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।

jackson ribon