birat ribon

काठमाडौं महानगरको नीति : पूर्वाधार र रोजगार प्राथमिकता

Neuro
काठमाडौं महानगरको नीति : पूर्वाधार र रोजगार प्राथमिकता

काठमाडौं, ४ असार । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७७÷०७८ का नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बिहीबार आर्थिक तथा रोजगारी, सामाजिक विकास, शहरी पूर्वाधार तथा योजना विकास, वातावरण तथा फोहोर मैला व्यवस्थापन, संस्थागत विकास र सुशासन नीति लगायतका क्षेत्रलाई समावेस गरी नीति तथा कार्यक्रम सार्बजनिक गरेका हुन ।

cura insider

नीति तथा कार्यक्रम स्वास्थ्य सेवा सुधार, विद्यालय शिक्षा सुधार, खाद्य सुरक्षा, उद्यमशिलता तथा रोजगारी प्रवद्धन र आवागमन व्यवस्थापन लगायतका विषयमा विशेष केन्द्रीत रहेको मेयर शाक्यले बताए ।

कोभिड १९ को असरका कारण तीन महिना सम्म लकडाउन हुँदा महानगरवासीमा परेको असरलाई न्यूनीकरण गरी जनजीवनलाई पूर्ववत अवस्थामा ल्याउन महानगरपालिका प्रयासरत रहेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

कोभिड १९ प्रतिकार्य योजना तयार गरी काठमाडौं महानगरपालिकामा लागू गर्नुका साथै उपत्यकाका अन्य नगरपालिकाहरुसँगको सहकार्यम उपत्यकाव्यापी रुपमा कार्यान्वयनमा लैजान पहल गरिने उल्लेख गरिएको छ ।

jackson ribon