संविधान संशाेधन विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण,नयाँ नक्साले पायाे मान्यता

काठमाडौं, ४ असार । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट सर्बसम्मत रुपमा पारित भएको संविधान संशाेधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छन ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि संवैधानिक मान्यता पाएको छ ।

निशान छापमा नयाँ नक्सा अद्यावधिक गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएपछि बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी हुन ।

प्रतिनिधिसभाबाट ३१ जेठमा सर्वसम्मत पारित भएको विधेयकलाई राष्ट्रियसभाले बिहीबार नै सर्वसम्मतिले पारित गरेको थियो ।

Loading...