birat ribon

विराटनगरमा थप एक महिलालाई कोरोना संक्रमण पुष्टि

Neuro
विराटनगरमा थप एक महिलालाई कोरोना संक्रमण पुष्टि

विराटनगर, ४ असार । विराटनगरमा बिहीबार थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका– १०(साविक १३ नम्बर वडा) की ३६ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Padelux insider
cura insider

एक साताअघि भारतको सिलगुढीबाट आएकी उनी आफ्नै घरमा ‘होम क्वारेन्टाइन’ बसेकी थिइन् ।

भारतबाट आएका कारण विराटनगर महानगरपालिकाले उनको स्वाब संकलन गरेको थियो ।

कोशी अस्पतालमा परीक्षण गर्दा बिहीबार कोरोना पोजेटिभ रिपोर्ट आएको महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

वडा कार्यालयकाे सिफारिसमा होम क्वारेन्टाइन बसेकी महिलाको आठ महिनाको छोरा छ ।

आमाको कोरोना रिपोर्ट पोजिटिभ आएपछि महानगरपालिकाको स्वास्थ्य टोलीले बच्चाको पनि स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयाेगशाला विराटनगरमा परीक्षणका लागि पठाएको छ ।

यससँगै विराटनगरमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ ।

यसअघि विराटनगर-३, ६ र १२ वडामा एक-एक जना महिला र वडा नम्बर १५ का एक पुरुषमा कोरोना संक्रमण देखिएको थियो । मोरङमा कोरोना संक्रमितको संख्या १०३ पुगेको छ ।

jackson ribon