कोरोना प्रभावित देशको १३औं नम्बरमा पाकिस्तान

विराटनगर, ४ असार । विश्वभरका २ सय १५ देशहरूको सुचि समावेश गरिएको वर्ल्डोमिटरमा कोरोना भाइरस रोगबाट प्रभावित देशहरूमध्ये पाकिस्तान अहिले १३ नम्बरमा आएको छ ।

तथ्यांकअनुसार १५ नम्बरबाट पाकिस्तान संक्रमितको सूचिमा १३ नम्बरमा आएको हो ।

पाकिस्तानमा २४ घण्टा यता कोरोना भाइरसबाट संक्रमितको संख्या ५ हजारले बढेपछि फ्रान्स र मेक्सिकोलाई उछिन्दै पाकिस्तान अहिले १३ नम्बरमा पुगेको हो ।

त्यहाँकाे स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पाकिस्तानमा ५ हजार ३ सय ५८ जना नयाँ संक्रमित रेकर्ड गरेएको छ ।

योसँगै पाकिस्तानमा संक्रमितको संख्या १ लाख ६० हजार १ सय १८ पुगेको छ ।

पाकिस्तानमा २४ घण्टायता १ सय १८ जनाको मृत्यु भएसंगै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ हजार नाघेको छ ।

अहिलेसम्मको तथ्यांकअनुसार पाकिस्तानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ हजार ९३ पुगेको छ ।

हालसम्म पाकिस्तानमा ५९ हजार २ सय १५ जना सफल उपचारपछि निको भएर घर फर्किसकेका छन् । र, ९७ हजार ८ सय १० जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । 

Loading...