‘नेपाली भूमिमा बसेका भारतीय सेना तत्काल फिर्ता गर्नुपर्छ’

काठमाडौं, ४ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी तत्काल फिर्ता गर्नुपर्ने बताएका छन् ।

नेपालको नयाँ राजनीतिक नक्सालाई निशान छापमा समावेस गर्न प्रस्ताव गरिएको संविधान संशोधन विधेयक २०७७ माथिको छलफलका क्रममा शर्माले भारतले तत्काल नेपालको भूमि फिर्ता गर्नुपर्ने बताएका हुन् ।

दुवै छिमेकी असल मित्र भएकाले तत्काल नेपालको भूमि फिर्ता गर्न भारतले सक्नुपर्ने बताउँदै उनले नेपालीहरुको सदासयता, मित्रता र आत्मियताले कालापानीलगायतका उत्तरी सिमामा भारतीय चेकपोस्ट राख्न दिइएको तर अहिले भरातले त्यही भूमिलाई आफ्नो बनाउन खोजेको बताए ।

उनले नेपालको भूमिमा बसेको भारतीय सेनासमेत तत्काल फिर्ता गर्नुपर्ने बताए । नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डता, राष्ट्रिय सार्भभौमिकताको विषयमा नेपाली जनता सधै एक भएको र यसपटक पनि एक भएकाले नेपालको भूमि फिर्ता गर्न बल पुगेको बताए ।

‘राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्भभौमिकताको सन्दर्भमा नेपाली जनता एक ठाउँमा छन् एक ढिक्का छन भन्ने सन्देश राष्ट्रिय रूपमा र अन्तर्राष्ट्रिय रूपमा यसले दिएको छ । यो निरन्तर कायम रहने छ । हाम्रो राष्ट्रिय एकता निरन्तररूपमा कायम रहने छ । मैले विश्वास लिएको छु ।’

भारत नेपालको असल मित्र भएको र भरतले पनि नेपाललाई असल मित्र मानेको छ भने अंग्रेजले नेपालबाट लुटेको भूभागसमेत फिर्ता दिनुपर्ने शर्माले बताए । उनले भरतले नेपालसँग जोलिबेटी र डोलिबेटीको सम्बन्ध चाहन्छ भने नेपालबाट लुटिएको पूर्वको भूभाग दार्जिलिङ र पश्चिमको भूभाग काँकडासमेत फिर्ता दिनुपर्ने बताए ।

उनले भने, ‘भारतले हामीलाई असल मित्र मान्ने हो असल मित्र ठान्ने हो भने अंग्रेज साम्रज्यवादले लुटेर हाम्रो भूभागमा मिसाएको भूभाग तपाईंहरूको हो तपाईंहरूको मुटु काटेर यतातिर मिसिएको छ । त्यसकारण महाकाली पश्चिमको किल्ला कांगडा, हाम्रो काँगडासम्मको जमिन तपाईंहरूले लिनुस् भनेर चेलिबेटीको नाताहो डोलिवेटीको नाता हो भनेर नेताहरूले भन्नुहुन्छ । यदि त्यसो हो भने त्यसलाई सगौरव फिर्ता गरिदिने दार्जिलिङ हामीलाई फिर्ता गरिदिनुपर्छ । र काँकडासम्मको भूमि फिर्ता गरिदिनुपर्छ ।’

Loading...