विराटनगर, ४ असार । विराटनगर महानगरपालिका १९ का अतिविपन्न परिवारका गर्भवती र सुत्केरी महिलाहरुलाई सिविन नेपालले राहत वितरण गरेको छ ।

वडा कार्यालयसँगको सहकार्यमा सिविनले गर्भवती, सुत्केरी र अति विपन्न परिवारका बालवालिकाका लागि राहत वितरण गरेको हो ।
विराटनगर १९ मा अति विपन्न १२ परिवारलाई १० केजी चामल, १ केजी दाल, १ लि. तेल, २ केजी चिउरा साथै चिनी, विष्कुट, सावुन, नुन, मसलालगायतका सामग्री वितरण गरिएको छ ।
गर्भवती र सुत्केरी महिलालाई १ क्यारेट अण्डा, १ केजी घ्यू र ज्वानोसमेत वितरण गरेको छ ।
वडासँगको सहकार्यमा समस्यामा परेकाहरूको पहिचान गरेर वडासँगको समन्वयमा राहत वितरण गरिएको सिविन नेपाल वाल हेल्पलाइनमा सामाजिक कार्यकर्ता सविना सापकोटाले बताइन् ।