birat ribon

लाग्यो असार ! सुरु भयो रोपाइँ ! (फोटो फिचर)

Neuro
लाग्यो असार ! सुरु भयो रोपाइँ ! (फोटो फिचर)

यस वर्ष समयमा वर्षा भयो । समयमै वर्षा भएपछि किसान हर्षित छन् । किसानले बेलामा रोपाइँ सुरु गर्न पाए । असार लागेसँगै किसानहरू आफ्नो खेतबारीमा निस्केका छन् । किसानलाई यसबेला चटारो छ ।

Padelux insider
cura insider

धान नेपालको मख्य अन्न बाली हो । वर्षभरिको अन्न जोहो यसै बेला हुन्छ । त्यसैले यो समयलाई ‘मानो रोपेर मुरी फलाउने’ भनिन्छ । यतिबेला किसान घरमा होइन खेतमा हुन्छन् ।

महामारीको रूपमा फैलिएको कारोनालाई समेत भुलेर किसान अहिले रोपाइँमा उत्रेका छन् । कोरोनाको कारणले सबै क्षेत्र प्रभावित भए पनि किसान अहिले रोपाइँमा व्यस्त छन् । अहिले जोत्ने साधन र खेतालाको तानातान हुने गर्छ ।

प्रदेश १ मा ६ लाख २० हजार ६ सय ८ हेक्टर खेतीयोग्य जमिन रहेको छ । त्यसमा ४५ प्रतिशत जमिनमा सिचाइँ सुबिधा छ । यहाँको खेतीयोग्य जमिनको ८२ प्रतिशत क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ ।

तस्बिर/शब्द : यज्ञ अधिकारी

jackson ribon