birat ribon

मेचीनगरमा ३० वेडको कोरोना उपचार केन्द्र

Neuro
मेचीनगरमा ३० वेडको कोरोना उपचार केन्द्र

विराटनगर, ४ असार । झापाको मेचीनगर नगरपालिकाले धाइजनमा तयार गरेको कोरोना उपचार केन्द्र सञ्चालनमा ल्याइने भएको छ ।

Padelux insider
cura insider

प्रदेश सरकारको सहयोगमा नगरपालिकाले तयार गरेको उपचार केन्द्र शुक्रबारबाट सञ्चालनमा ल्याइने भएको हो ।

प्रदेश सरकारको निर्णयअनुसार नगरपालिकाले तयार गरेको आइसोलेशन उपचार केन्द्रको सामाजिक विकास मन्त्री घिमिरे, प्रदेश सांसद वसन्त बानियाँलगायतले बुधबार अनुगमन गरेका थिए ।

३० वेडको आईसोलेसन उपचार केन्द्र शुक्रबारदेखि सञ्चालन गर्ने तयारी भएको नगर प्रमुख विमल आचार्यले बताए । उपचार केन्द्रका लागि प्रदेश सरकारले १० लाख रुपैयाँ प्रदान गरेको छ ।

प्रदेश १ मा तीनवटा स्थानमा कोरोना उपचार केन्द्र सञ्चालनमा छन् । विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेज गोठगाउँमा कोरोना उपचार केन्द्र सञ्चालनमा छन् ।

jackson ribon