संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट पनि पारित हुँदै

काठमाडौं, ४ असार । आज राष्ट्रियसभाबाट सरकारले संविधानको निशान छापमा रहेको नक्सा परिर्वतनका लागि दर्ता गरेको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक,२०७७’ पारित हुने भएको छ ।

राष्ट्रियसभामा आज दफावार छलफल गर्ने र आजै विधेयक पारित हुने कार्यसुची रहेको छ ।

बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

यसअघि उक्त विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित भएको थियो ।

मतदानमा उपस्थित २ सय ५८ जनाले नै विधेयकको पक्षमा मतदान गरेका थिए ।

Loading...