नेकपाले एमसीसीबारे छलफल गर्न स्थायी कमिटी वैठक डाक्यो

काठमाडौं, असार ४ । नेकपाले एमसीसीबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ ।

बैठक असार १० गते बस्ने भएको छ ।

नेकपा महासचिव विष्णु पौडेललेका अनुसार बैठकमा एमसिसी परियोजना लगायतका विषयमा छलफल हुन्छ ।

नेकपाभित्र एमसिसी परियोजना पेचिलो बन्दै गएको छ ।

एमसिसी परियोजनाबारे अध्ययन गर्न गठित वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले परिमार्जन नगरी एमसिसी पारित गर्न नुहने सुझाव दिएको थियो ।

कार्यदलमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली सदस्य रहेका थिए ।

परराष्ट्र मन्त्री ज्ञवालीले भने १५ बुदें फरक मत राखेका छन् ।

बुधबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबिच भएको भेटमा स्थायी कमिटी वैठक बोलाउने समय तय भएको हो ।

Loading...