birat ribon

मंगलबारे अस्पताल राजनीति : मदन भण्डारीको नाम जोडिएपछि आन्दोलन

Neuro
मंगलबारे अस्पताल राजनीति : मदन भण्डारीको नाम जोडिएपछि  आन्दोलन


विराटनगर,३ असार । मोरङको उर्लाबारी ३ स्थीत मंगलबारे अस्पतालको नाम परिवर्तन गर्दै ट्रमा सेन्टर बनाउने प्रदेश सरकारले निर्णय गरेपछि स्थानीय आन्दोलित बनेका छन ।

Padelux insider
cura insider

१ नम्बर प्रदेश सरकारले मंगलबारे अस्पतालको नाम परिवर्तन गरी मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर बनाउने निर्णय गरेपछि स्थानीयबासी आन्दोलित बनेका हुन ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष प्रदेशको गौरभ आयोजनाको रुपमा अस्पताल विस्तार गर्न बजेटमा समेटेकाे छ ।

तर अस्पतालकाे नाम फेर्न खाेजेकाे भन्दै आन्दोलित बनेकाहरुले मुख्यमन्त्री शेरधन राईको पुत्न समेत दहन गरेका छन । भण्डारीकाे नाम जाेडिएपछि सुरू भएकाे आन्दाेलनकाे नेतृत्व स्थानीय कांग्रेस नेताले गरेका छन ।

‘मंगलबारेको पहिचान मेट्न खोजियो ।’ आन्दोलनको नेतृत्व गरिरहेका नेपाली कांग्रेसका नगरसभापति विरबल थापा भन्छन् ‘मंगलबारेको आफ्नै विषेशता छ । नेताको नाम जोडन मिल्दैन ।’

१ असारमा प्रस्तुत बजेटमा ‘मंगलबारे अस्पताललाई प्रदेशकै गौरवको आयोजनाको रुपमा अत्याधुनिक प्रविधि र उपकरणसहित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको रुपमा विकास गर्न बजेट विनियोजन गरेको छ ।

अस्पतालमा कांग्रेस- नेकपा राजनीति

मंगलबारे अस्पताललाई ट्रममा सेन्टरको रुपमा विकास गर्ने प्रदेश सरकारकाे निर्णयकाे सबैले स्वागत गरेका छन । तर स्थानीयबासी नाम परिवर्तन गर्न नहुने पक्षमा छन । नेकपा नेताहरु भने नाम परिवर्तन गरेरै अस्पताल विस्तार गर्नुपर्ने पक्षमा छन् ।

नेपाली कांग्रेसका प्रदेश १ का प्रमुख सचेतक केदार कार्की मदन भण्डारीको नाम जताततै जोडेर प्रदेश सरकारले बदनाम गर्न खोजेको बताउँछन ।

ट्रमा सेन्टर बनाउने निर्णय स्वागत योग्य भएपनि नाम परिवर्तन गर्न नहुने उनले बताए । कांग्रेस माेरङ सभापति डिगबहादुर लिम्बू नाम परिवर्तन गर्न नहुने बताउँछन ।

अस्पतालको नाम परिवर्तन गरेपछि नेपाली कांग्रेसहितका पार्टीले विरोध जनाइरहेका बेला नेकपा मोरङले आन्दोलनको औचित्य नभएको बताएको छ ।

‘राजमार्गमा ट्रमा सेन्टर निर्माण हुनु प्रदेशका लागि गौरभको विषय हो ।’नेकपा मोरङका सचिव गणेश उप्रेती शुशिल भन्छन् ‘ नामकै विषयमा विरोधको कुनै अर्थ छैन् ।’

नाम मात्र मदन भण्डारीको रहने बताउँदै उनले देशलाई योगदान गरेको व्यक्तीको नाममा अस्पतलको नामाकरण गर्दा विरोध गर्न आवश्यक नरहेको बताए ।

अस्पतालकाे नाम परिवर्तनकाे मुद्दा पेचिलाे बन्दै गएकाे अवस्थामा कांग्रेस-नेकपा दुइ कित्तामा बाडिएका छन ।

jackson ribon