birat ribon

मोरङमा कोरोना संक्रमितको संख्या एकसय नाघ्यो

Neuro
मोरङमा कोरोना संक्रमितको संख्या एकसय नाघ्यो

विराटनगर, ३ असार । मोरङमा कोरोना संक्रमितको संख्या एकसय नाघेको छ । बुधबार मोरङको रतुवामाई नगरपालिकाका ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या १ सय नाघेको हो ।

Padelux insider
cura insider

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ सय १६ छ । जसमा मोरङका मात्र १०२ जना छ ।

बुधबार प्रदेश १ मा १६ जना थपिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्रट सुरेश मेहताले जानकारी दिए ।

मोरङमा सबैभन्दा बढी कोरोना संक्रमित रतुवामाई नगरपालिकामा छन । बुधबारसम्म नगरपालिकामा संक्रमितको संख्या ५४ पुगेको छ ।

रतुवामाई पछि सुनवर्षी नगरपालिकामा २८ जना कोरोना संक्रमित भेटिएका छन् । विराटनगर महानगरपालिका, पथरीशनिचरे, लेटाङ, सुन्दरहरैचालगायत स्थानीय तहमा गरी जम्मा १०२ जना कोरोना संक्रमित भेटिएका हुन ।

jackson ribon