birat ribon

प्रहरी हुँ भन्दै व्यापारीसँग पैसा असुल गर्ने पक्राउ

Neuro
प्रहरी हुँ भन्दै व्यापारीसँग पैसा असुल गर्ने पक्राउ

सुनसरी, ३ असार । आफू सादा पोशाकमा खटिएको प्रहरी हो भन्दै स्थानीय व्यापारीसँग पैसा असुल गर्ने क्रममा सुनसरीबाट १ जना नक्कली प्रहरी पक्राउ परेका छन् ।

Padelux insider
cura insider

सुनसरीको सीमावर्ती क्षेत्र हरिनगर गाउँपालिका–२ रामनगरभुटाहा सड्क खण्डमा मंगलबार स्थानीय व्यापारीहरूलाई म घुमुवा प्रहरी हुँ भनी प्रहरीको वदनाम गरी डर त्रास देखाइ गैह्र कानूनी तवरले रकम असुली गरिरहेको १ युवालाई जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरीले पक्राउ गरेको हो ।

नक्कली प्रहरीको गुनासो आएपछि प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरी टोलीले हरिनगर गाउपालिका–५ का २३ वर्षीय असरार अहमद मियाँलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका अहमद मियाँलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार ११८ अन्तर्गत अभद्र व्यवहार मुद्धामा ५ दिन म्याद थप गरी थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

jackson ribon