birat ribon

आइसोलेसनमा बसेका दुईजनालाई कोरोना पुष्टि भएपछि मेची अस्पतालका २५ जना होम क्वारेन्टाइनमा

Neuro
आइसोलेसनमा बसेका दुईजनालाई कोरोना पुष्टि भएपछि मेची अस्पतालका २५ जना होम क्वारेन्टाइनमा

भद्रपुर, ३ असार । भद्रपुरस्थित मेची अस्पतालको आइसोलेसनमा राखिएका दुईजनामा कोरोना भाइसर संक्रमण पुष्टि भएपछि अस्पतालका २५ जना होम क्वारेन्टाइनमा बसेका छन् ।

Padelux insider
cura insider

अस्पतालको आइसोलेसनमा बसेका भद्रपुर–८ का ३१ वर्षीय पुरुष र कचनकवल गाउँपालिका–५ का ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएपछि अस्पतालका डाक्टर, नर्स, कर्मचारीलगायत २५ जना होम क्वारेन्टाइनमा बसेका हुन् ।

भद्रपुरका कोरोना संक्रमति ३१ जेठमा र कचनकवलका संक्रमित २९ जेठमा आएका थिए ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार ३२ जेठमा परीक्षण गरिएका कचनकवलका पुरुषको मंगलबार रिपोर्ट पोजिटिभ आएको हो भने भद्रपुरका पुरुषको सोमबार नै पोजिटिभ रिपोर्ट आएको हो ।

अस्पतालको आइसोलेसन र आइसियुमा उपचार गराइरहेका उनीहरूलाई कोरोना संक्रमण भेटिएपछि उनीहरूको कन्ट्याक्ट ट्रेसिङमा परेका त्यहाँका डाक्टर, नर्स, कर्मचारीसहित २५ जनालाई होम क्वारेनटिनमा बस्न पठाइएको फोकल पर्सन चौलागाईंले जानकारी दिए ।

संक्रमित दुवै जनालाई बिपी कोइराला विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पताल पठाइएको छ । योसँगै झापामा कोरोना संक्रमितको संख्या १ सय ७८ पुगेको छ ।

अस्पतालमै कोरोना संक्रमित भेटिएको र चिकित्सक नर्स ओम क्वोरेन्टाइनमा बसेपछि अस्पतालको सेवा प्रभावित बनेको स्थानीयले बताएका छन् ।

jackson ribon