विराटनगर, ३ असार । १ नम्बर प्रदेशमा कोरोना संक्रमितको संख्या ४ सय १६ पुगेको छ । बुधबार तीन जिल्लामा १४ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४ सय १६ पुगेको हो ।
सामाजिक विकास मन्त्रालय प्रदेश १ का प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमित थपिएका छन् ।
बुधबार मोरङको रतुवामाईमा ९ जना, झापाको झापा गाउँपालिकामा १ जना र उदयपुरको त्रियुगा नगरपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरू सबै स्थानीय सरकारले निर्माण गरेको क्वारेन्टाइनमा बसिरहेकाहरू हुन् ।