birat ribon

माेरङकाे क्वारेन्टाइनमा बस्नेको संख्या २७ सय बढि

Neuro
माेरङकाे क्वारेन्टाइनमा बस्नेको संख्या २७ सय बढि

विराटनगर, ३ असार । काेराेना महामारीकाे जाेखिम सुरू भएपछि माेरङमा रहेका क्वारेन्टाइनमा बस्ने मानिसहरूको जम्मा संख्या २७ सय नाघेकाे छ ।

Padelux insider
cura insider

जिल्ला प्रहरी कार्यालय माेरङका अनुसार जिल्ला भरी रहेका ७५ वटा क्वारेन्टाइनमा बस्ने मानिसहरूको कुल संख्या २ हजार ७ सय ७९ पुगेकाे छ ।

क्वारेन्टाइनमा बसेका मध्ये १ हजार ४ सय ६८ जना काेराेना संक्रमण नदेखिएपछि घर फर्किएका छन ।

क्वारेन्टाइनमा १ हजार ३ सय ११ जना बसिरहेका छन । उनीहरू भारत तथा तेस्राे देशबाट माेरङ आएकाहरू हुन । जसमा पुरुषको संख्या १ हजार १ सय २५ र महिलाको संख्या १ सय ८६ छ ।

jackson ribon