birat ribon

बुबाको हत्या पछि घर भित्रै गाडेको आरोप लागेका दाजुभाई पूर्पक्षका लगि थुनामा

Neuro
बुबाको हत्या पछि घर भित्रै गाडेको आरोप लागेका दाजुभाई पूर्पक्षका लगि थुनामा

विराटनगर, २ असार । आफ्नै बुबाको हत्या पछि घर भित्र गाडेको आराेपमा पक्राउ परेका दुई जनालाई जिल्ला अदालत मोरङले थुनामा राख्ने आदेश दिएको छ ।

Padelux insider
cura insider

बावुको हत्या आरोपमा पक्राउ परेका विराटनगर– १४ झटियाहीका २१ वर्षिय मुन्ना भनिने रोहित र १९ वर्षिय नागेन्द्र चौहानलाई जिल्ला अदालत मोरङका न्यायधीश किशोर घिमिरेको इजालशले थुनामा राख्ने आदेश दिएको हो ।

दुई छोरा माथि ३ जेठ राति ६९ वर्षिय सत्यराम चौहानको हत्या गरी घर भित्रै गाडेको आरोप छ ।
घर भित्रै गाडेको अवस्थामा ७ जेठमा प्रहरीले चौहानको शव फेला पारेको थियो ।

प्रहरीले सोही दिन दुवै छोरालाई प्रक्राउ गरि अनुसन्धानको क्रममा मदिरा सेवन गरि बावुको हत्या गरेको स्वीकार गरेका थिए ।

इलका प्रहरी कार्यालय रानी विराटनगरले अनुसन्धान प्रक्रया पूरा गरेपछि सरकारी वकिलको कार्यालयमार्फत अदालतमा शुक्रबार दुई जना विरुद्ध कर्तब्य ज्यान मुद्दामा अभियोग दर्ता भएको थियो ।

अदालतले थुनछेक बहसपछि साेमबार प्रतिवादीलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको जिल्ला अदालत मोरङका स्रेस्तेदार इश्वरमणि ओझाले जानकारी दिए ।

jackson ribon