भारतसँग सम्बन्ध विगिए अर्थमन्त्रलाई ठूलो असर गर्छ

काठमाडौ, २ असार । भारतसँग सम्बन्ध विग्रिए नेपालको अर्थतन्त्रमा ठूलो असर गर्ने पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बताएका छन ।

संघीय संसद प्रतिनिधि सभाको अर्थसमितिको मंगलबारको बैठकमा पूर्व अर्थमन्त्री पाण्डेले गम्भिर असर गर्ने बताए ।

भारतीय रुपैयाँ र नेपाली रुपैयाँको विनिमय दरमा परिवर्तन गर्ने विषय भारतमा उठिराखेको र परिवर्तन भए नेपालको अर्थतन्त्रमा असर पर्ने उनको भनाई छ ।

उनले भने ‘नेपाल भारतको यो बीचको अवस्थामा सम्बन्ध विग्रने स्थिति रहदा खेरीमा हाम्रो अहिलेको परिस्थितिले के हुन्छ थाहा छैन् । यदि यो कुरा भयो भनेदेखि मैले एउटा आर्टिकल पढेको थिए द वार द प्रिन्ट द हिन्दुस्तान टाइम्स न्यूजहरु पढ्दा खेरिमा के देखिन्छ भन्दा भयाभह खालको नेगेटिभ टिप्पणिहरु नेपालको सन्दर्भमा छ । एक रुपैयाँको एकरुपैयाँ साठी पैसाको कन्भर्सन रेट तय गरेको १९९३ मा हो । यता आएर झण्डै ३० वर्ष बढी भयो । हामीले कुनै रेट चेन्ज गरेका छैनौं । कमजोर नेपाली पैसालाई बलियो भारतीय पैसाले १.६० मा जुन कारोबार गर्न दिएका छौं यो एकप्रकारले प्रिभिलेज दिएको हो अव यो गर्नु जरुरी छैन हामी यो चेन्ज गर्नुपर्छ भन्ने एउटा धारणा यसमा देखिन्छ । पेक्ड होइन अव भारुसँग अनपेक्ड गर्नुपर्छ र त्यो अनपेक्ड हुने वित्तिकै डलरसँग हाम्रो पैसा पनि कमजोर हुन्छ । त्यसैले अहिले हाम्रो करेन्सीले दुवैतर्फ हिट गर्छ ।’

Loading...