राज्य व्यवस्था समितिमा पून नागरिकता ऐन संशोधन विधेयकमा छलफल

काठमाडौं, २ असार । नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि पून छलफल सुरु भएको छ ।

२२ साउन २०७५ मा प्रतितिधिसभामा दर्ता भएको विधेयकमा पून छलफल सुरु भएको हो ।

५ भदौ २०७५ बाट सुरु छलफल अझै टुंगोमा पुग्न सकेको छैन । राजनीतिक सहमति जुटाएर अगाडी बढ्ने भन्दै केही महिनाअघिबाट राज्य व्यवस्था समितिमा नागरिकता विधेयकमाथिको छलफल रोकिएको थियो ।

मंगलबारबाट छलफल पुनः सुरु भएको छ । समिति सभापति शशी श्रेष्ठले सहमति जुट्न नसकेका विषयहरु टुंगो लगाउने प्रयास स्वरुप मंगलबारबाट छलफल सुरु भएको बताए ।

Loading...