महिलाका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गर्न सांसदहरूको माग

काठमाडौं, २ असार । राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसदहरूले महिलाका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसदहरूले कैलालीमा क्वारेन्टाइनमा रहेकी महिलामाथि सामूहिक बलात्कार भएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै क्वारेन्टाइनमा बस्ने महिलाको संख्या कम भएकाले उनीहरूका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

यसैगरी सांसदहरू दिलकुमारी रावल थापा पार्वती, प्रकाश पन्त र महेशकुमार महराले देशभरिको क्वारेनटिनको अवस्था नाजुक रहेका भन्दै त्यसको सुधार गर्न र कैलालीमा क्वारेन्टाइन भएको बलात्कारको घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरे ।

Loading...