birat ribon

मोरङमा भारतबाट आउनेभन्दा जाने बढी

Neuro
मोरङमा भारतबाट आउनेभन्दा जाने बढी

विराटनगर, २ असार । मोरङमा भारतबाट स्वेदश फर्कनेभन्दा नेपालबाट भारत जानेहरूको संख्या बढी रहेको पाइएको छ ।

Padelux insider
cura insider

मोरङको विराटनगर रानी नाकालाई नेपाल प्रवेशको नाका तोकिएको छ । भारत प्रवेशका लागि विराटनगर एकीकृत भन्सार जाँच चौकी (आईसीपी)लाई तोकिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार मोरङमा नेपाल प्रवेश गर्नेभन्दा भारत जानेहरू बढी छन् ।

४ जेठदेखि १ असारसम्म विराटनगर रानी नाकाबाट २ हजार २ सय ३७ जना नेपाल प्रवेश गरेका छन् । तीमध्ये एक हजार ८ सय ६३ जना पुरुष छन् । ३७४ जना महिला छन् ।

स्थानीय प्रशासनले १४ जेठदेखि रानी नाकाबाट नेपाल प्रवेश गर्न दिएको छ । भारतबाट नेपाल प्रवेश गर्नेको संख्या दैनिक सरदर १४० जना छ ।

विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आईसिपी) हुँदै जम्मा ३ हजार २ सय ८७ जना भारततर्फ प्रवेश गरेका छन् ।

रोजगारीको शिलशिलामा नेपाल रहेकाहरूमध्ये लकडाउनका कारण कारण घर फर्कनेमा ७६४ भारतीय महिला र २ हजार ५ सय २३ पुरुष छन् । नेपालबाट दैनिक सरदर २०५ जनाका दरले भारतीय नागरिक घर फर्किरहेका छन् ।

भारतबाट नेपाल प्रवेश गर्नेहरूलाई स्थानीय प्रशासनले होल्डिङ एरियामा राखेर सम्बन्धित स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा पठाउँदै आएको छ ।

jackson ribon