कांग्रेसले सरकारलाई ज्ञापनपत्र बुझाउँदै

विराटनगर, २ असार । नेपाली कांग्रेसले आज देशभरका प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै छ ।

कोरोना महामारी नियन्त्रण गर्न सरकार असफल भएको निष्कर्ष निकालेको नेपाली कांग्रेसले ७७ जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउन लागेको हो ।

कांग्रेसले सात प्रदेशका मुख्य मन्त्रीलाई पनि ध्यानाकर्षण पत्र बुझाउने छ ।

केन्द्रीय समितिको निर्णय अनुसार कांग्रेसले ७७ जिल्ला, सात प्रदेश र दूतावासमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने भएको हो ।

यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको थियो ।

Loading...