विराटनगर, १ असार । मोरङको सुनवर्षी गरपालिकामा २१ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।
सुनवर्षी– ८ हरिचनगढीमा रहेको मदर्शामा बस्दै आएका १९ जना र मस्जिदमा बस्दै आएका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम घिमिरेका अनुसार उनीहरु भारतबाट आएकाहरु हुन ।
प्रदेश १ मा जम्मा ३९७
सोमबार प्रदेश १ मा २६ जना कोरोना संक्रमित थपिएका छन । विराटनगरको कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
ती मध्ये २१ जना सुनवर्षी नगरपालिकाका छन । १ जना महिला मोरङको केराबारी गाउँपालिकाका छन ।
त्यस्तै झापाको मेचीनगरमा १ जना, सुनसरीको बर्जु गाउँपालिकामा १ जना र सुनसरीकै बराहक्षेत्रमा १ महिला र १ पुरुषमा संक्रमण देखिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले जानकारी दिए ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९७ पुगेको छ ।