Rumpum Advertisement

सांसद कोषमा ५० लाख बढयो, निर्वाचन क्षेत्र विकास कोषमा २ करोड

Neuro Revised Adv
Koshi Dashain ad
सांसद कोषमा ५० लाख बढयो, निर्वाचन क्षेत्र विकास कोषमा २ करोड

विराटनगर , १ असार । प्रदेश नं १ सरकारले आगामी वर्ष सांसद विकास कोषको खर्च बढाएर दोब्बर बनाएको छ ।

प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले सोमबार प्रदेश सभामा प्रस्तुत गरेको बजेट अनुसार आगामी आर्थिक बर्ष २०७७।०७८ मा प्रदेश सांसदहरुको खर्च ५० लाखबाट बढाएर एक करोड बनाएको छ ।

चालु वर्षका लागि सांसद विकास काेषकाे बजेट ।

अब आगामी वर्ष प्रदेशका समानुपातिक र प्रदेश सांसदहरु ९३ जनाले नै एक करोड रुपैयाँ आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न पाउनेछन ।

सांसदहरुले प्रत्यक्ष र प्रभावकारी विकास भएको भन्दै प्रदेश सरकारलाई सांसद विकास कोषको रकम बढाउन दवाब दिएका थिए ।

आगामी वर्षका छुट्याएकाे बजेट ।

प्रदेश सरकारले सांसदहरुको निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको रकम भने यथावत राखेको छ ।
गत वर्षपनि प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्बाधार विकास कोष मार्फत २ करोड ५० रुपैयाँ प्रत्यक्ष सांसदका लागि विनियोजन गरेको थियो भने यसपाली २ कराेड छुट्याएकाे छ ।

आगामी वर्ष प्रदेशका समानुपातिक सांसदरुले एक करोड सांसद विकास कोषबाट र प्रत्यक्ष सांसदले निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको २ करोड समेत गरेर ३ करोड खर्च गर्न पाउने छन् ।