प्रदेश १ सरकारको बजेटमा यसपाली पनि आकर्षक नारा

विराटनगर , १ असार । अघिल्ला वर्षमा झै प्रदेश नं १ सरकारले आगामी बर्षकालागि आकर्षक नारा सहित बजेट प्रस्तुत गरेको छ ।

सोमवार आगामी आर्थिक बर्ष २०७७ । ०७८ कालागि प्रदेश नं १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङबोले आकर्षक नारा सहित कुल ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार बरावरको बजेट प्रस्ताव गरेका हुन ।

आगामी वर्षकालागि प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा दुई दर्जन आकर्षक नारा समेटिएका छन । ती मध्ये केही पुरानै छन भने केही नयाँ थपिएका छन ।

जसमा संबृद्ध नेपाली सुखी नेपालीदेखी एक जिल्ला उत्पादन सम्म छन ।

बजेटमा प्रस्तुत गरिएका अन्य नाराहरूमा सुरक्षित यात्राका लागि सडक सुशासन , सुरक्षित सिमा सुरक्षित जिवन , म अघि बढछु लगायत छन ।

यसैगरि स्वच्छ सुखी समृद्ध प्रदेश , रोग पालेर हैन फालेर बाँचौ , मेरो कृषि मेरो पौरख , उत्पादनको किसानको जिम्मा हो । बजार मुल्य सरकारको जिम्मा हो , सबै किसानका साथमा प्रदेश सरकार भन्ने नारा पनि समावेश छ ।

साथै बजेटमा एक स्थानिय तह एक फलफुल नर्सरी , जहाँ खेती त्यहाँ सिँचाई , प्रदेशको पानी जनताको लगानी , आर्थिक संबृद्धिको आधार पर्यटन , उदयोग र व्यापार , आत्मनिर्भर अर्थतन्त्र हाम्रो चाहना , सम्बृद्ध प्रदेश हामी सबैको कामना , एक जिल्ला एक उत्पादन लगायत छन ।

Loading...