प्रदेश १ को बजेट प्रति मिश्रित प्रतिक्रिया

विराटनगर, १ असार । १ नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट प्रति प्रमुख प्रतिपक्षि दलका सांसदले मिश्रित प्रतिक्रिया दिएका छन ।

सरकारले आगामी आर्थिक वर्ष २०७७–०७८ का लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार बराबरको बजेट ल्याएको छ ।

पुरानै कार्यक्रमको निरन्तरता– केदार कार्की, प्रमुख सचेतक, नेपाली काग्रेंस

बजेट लगभग अघिल्लो वर्षको जति नै आएको छ । बजेटले जनभवना भन्दा कार्यकर्ता पोस्ने नीति लिएको छ ।

केदार कार्की

पार्टीलाई सहयोग गर्ने खालको छ । हामीले सोचेका थियौ शिक्षा,स्वास्थ्यमा बजेट आउछ भन्ने । तर, यो पटक पनि मुख्यमन्त्रीलाई धेरै महत्व दिएर बजेट आएको छ ।

मुख्यमन्त्रीलाई राजा महाराज जस्तो बनाएर बजेट ल्याइएको छ । यो बजेट हावादारी पनि छ ।
चुरे क्षेत्र जहा घाँसपात पाईन्छ त्यहा पो बाख्रा पालन हुन्छ । जहाँ अन्नपात उत्पादन हुन्छ, हुलाकी सडक छेउमा बाख्रा पालन गरेर कही हुन्छ ? कोशीले छोडेको जमिन टापुमा कृषि यान्त्रीकरणको अनुसन्धान हुन्छ ? कोशीले जुनसुकै बेला धार परिवर्तन गर्न सक्छ । अध्ययन, अनुसन्धान विनाको बजेट छ ।

नर्सिङ शिक्षालाई प्रत्यके विद्यालयमा पुर्याउने तर लकडाउनको अहिलेको अवस्थामा मनोविज्ञानको शिक्षक आवश्यक पर्दैन ? पहिलाको रातो किताब हेरर, कार्यकरताको मुख हेरेर, कार्यकरताको चिटको आधारमा बजेट ल्याइएको छ । त्यसकारण यो बजेट चुनावि नारा मात्र हो ।

सन्तोष जनक– जयराम यादव, जनता समाजवादी पार्टी

प्रदेश १ सरकारले ल्याएको बजेट सन्तोष जनक नै छ । अहिलेको महामारीको अवस्थामा सरकारले ल्याएको बजेट कार्यान्वयनमा ध्यान दिनु पर्ने हुन्छ ।

जयराम यादव

महामारीको समयमा आएको बजेटको ५० प्रतिशतसम्म पनि कार्यान्वयन भएको अवस्थामा सफल मान्न सकिन्छ । बजेट न्यूनतम मुल्यमा अधिकतम स्वादको रुपमा आएको छ । म यसको पूर्ण सफताको शुभकामना दिन चाहन्छु ।

हाम्रोलाई सम्बोधन भएन– राजेन्द्र राउत, उद्योगी

महामारीको समयमा आएको बजेटले कृषि र स्वस्थ्यलाई बढि महत्व दिएको छ । हामी प्रदेशका व्यवसायीले करको विषयमा जुन अपेक्ष गरेका थियौं त्यो हुन सकेन । हामीले स्थानिय तहमा हुने करको ज्यादती कम गराउन माग गरेका थियौं । त्यसको सम्बोधन भएन ।

राजेन्द्र राउत

त्यसको लागी हामी फेरि पनि माग गर्ने छौ । कोरोना महामारीको कारणले विस्थपित हुने अवस्थामा पुगेका उद्योगहरुलाई करको विषयमा सम्बोधन गर्न अवाश्यक छ । केही सहुलियत भएको अवस्थामा मात्रै फेरि स्थापित हुन सक्छन् ।

Loading...