birat ribon

प्रदेश एकमा स्वास्थ्य क्षेत्रमा बजेट कति ?

Neuro
प्रदेश एकमा स्वास्थ्य क्षेत्रमा बजेट कति ?

विराटनगर, १ असार । कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार एवम् भविष्यमा आइपर्ने सक्ने विभित्र महामारीलाई मध्यनजर गरी स्वास्थ्य प्रणालीलाई सुदृढ र सबाल बनाउन आवश्यक जनशक्तिको व्यवस्थापन गर्दै स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास र सेवा बिस्तारमा जोड दिइने भएको छ ।

Padelux insider
cura insider

हाल विराटनगरमा रहेको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रलाई सरुवा रोग अस्पताल तथा अनुसन्धान केन्द्रको रुपमा सञ्चालन गर्ने प्रबन्ध प्रदेश सरकारले मिलाएको छ ।

विपद् र त्यसबाट सिर्जित स्वास्थ्य समस्यालाई सम्बोधन गर्न आवश्यक औषधि र उपकरणको लागि स्रोत व्यवस्था गरिएको र त्यसको लागि ५० करोड व्यवस्थापन गरिएको छ ।

कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार राहतका लागि गठित कोरोन जनसुरक्षा कोषमा पर्याप्त रकम विनियोजन गरिने भएको छ ।

प्रादेशिक मेची अस्पतालको सेवाको गुणस्तर सुधार गर्न सिटी स्क्यान, हेमोढाइलासिस सेवा र थप भेन्टिलेटरसहितको सुविधायुक्त सघन उपचार कक्ष सञ्चालनको व्यवस्था मिलाइएको र त्यसको लागि २३ करोड रकम विनियोजन गरिएको छ ।

धनकुटा प्रादेशिक शिक्षण अस्पातलको विस्तृत सम्भावता अध्ययन र पूर्वाधार विकास गर्नका लागि पर्याप्त रकम विनियोजन गरिएको छ ।

हाल ५० शैय्या सञ्चालित जिल्ला अस्पतालहरूमा प्रयोगशाला सुदृढिकरण, भेन्टिलेटरसहितको सघन कक्ष, अक्सिजन प्लान्ट सहितको गुणस्तरीय स्वास्थ्य सेवाको व्यवस्था गरिएको छ ।

२५ शैय्यासम्मको अस्पतालहरुलाई स्मार्ट अस्पातलमा रुपान्तरण गर्न सूचना प्रविधिमा आधारित उपवचारको प्रबन्ध, अक्सिजन प्लान्ट जडान, फोहोरमैला निर्मलीकरणका लागि अक्टोक्लेप मेसिनको लागि शोधको प्रबन्ध मिलाईएको छ ।

प्रदेश नं १ का अस्पतालहरूका सुदुढीकरण र सेवा बिस्तारका लागि एक अर्ब १० करोड विनियोजन गरिएको छ ।

प्रदेशको जनस्वास्थ्य प्रयोगशालाको क्षमता अभिवृद्धि गर्न, भवन निर्माण गर्न, अत्याधुनिक पीसीआर मेसिन र उपकरणको प्रबन्ध गर्न ६ करोड ४६ लाख विनियोजन गरिएको छ ।

प्रदेशको जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माण गर्न दातु निकायको सहयोगमा आगामी आ.वसम्म सम्पत्र गरिसक्ने प्रबन्ध मिलाइएको छ ।  

आयुर्वेदिक, होमियोपोथिक र प्राकृतिक चिकित्सा सेवा सञ्चालनका लागि प्रदेश न्येच्युरोप्याथी अस्पताल सञ्चालनको लागि आवश्यक रकम विनियोजन गरिएको छ ।

सर्पदंशबाट हुने मृत्युलाई कम गर्न सर्पदंश उपचार केन्द्रका लागि भेन्टिलेटरको व्यवस्था गरिएको छ । अनुवंशित अपांगता हेमोफिलिया भएका व्यक्तिहरुका लागि एन्टी हेमोफेलिक फ्याकटरको व्यवस्था गरी जीवन रक्षा गर्न एक करोड व्यवस्था गरिएको छ ।

गर्भवती, प्रसूती र नवजात शिशुलाई समेत उत्कृष्ट सेवा प्रदान गर्न स्थानीय तहसँगको समन्वयमा ग्रामीण स्वास्थ्य आमा कार्यक्रम सुरु गरिने भएको छ र सो कार्यक्रमको लागि पाँच करोड रकम विनियोजन गरिएको छ ।

आमा सुरक्षा कार्यक्रमअन्तर्गत आपकालीन व्यवस्थाको लागि हवाई उद्धार गर्न आवश्यक रकम विनियोजन गरिएको छ ।

प्रदेशमा बढ्दै गईरहेको नसर्ने रोगको रोकथाम तथा रोग निदान र जिवनशैली परिवर्तनसम्बन्धी समुदायमा आधारित कार्यक्रम स्थानीय तहको सहकार्यमा सुरु गरिने छ ।

यसबाट जीवनशैली परिवर्तनका लागि सचेतता, रगतमा चिनीको मापन, स्वास्थ्य साक्षरता, रक्तचाप मापन र स्वास्थ्य जीवन प्रवर्द्धन गर्न जनस्वास्थ्य कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

उदयपुरको कटहरी, झापाको दमक, सुनसरीको इटहरी अस्पतालको क्षमता अभिवृद्धि र सेवा विस्तारका लागि आवश्यक रकम विनियोजन गरिएको छ ।

प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम स्थानीय तहसँगको सहकार्यमा सञ्चालन गरिने र त्यसका लागि एक करोड ५० लाख विनियोजन गरिएको छ ।

मोरङको मंगलबारेमा रहेको मंगलबारे अस्पताललाई प्रदेशकै गैरवको आयोजनको रूपमा अत्याधुनिक प्रविधि र उपकरणसहित मदन भण्डारी अस्पातल तथा ट्रमा सेन्टरको रूपमा विकास एवम् स्तरोन्नतीको लागि चाहिने आवश्यक रकम विनियोजन गरिएको छ ।

रोग पालेर हैन फालेर बाँचौ भत्रे मान्यतालाई सार्थकता दिन महिलामा देखिने प्रजनन समस्या आङ खस्ने, पाठेघरको क्यान्सर, स्तन क्यान्सरको रोकथामको उपचार र व्यवस्थापनलाई सहज गरिने र स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका विपन्न, सीमान्तकृत, लोपोन्मुख, दलित, पिछडिएका समुदायलाई सहज स्वास्थ्य सेवा प्रवाहको व्यवस्था गरिने छ ।

प्रदेशका सबै नागरिकलाई स्वास्थ्य बीमाको दायरामा ल्याइने भएको छ । स्वास्थ्य क्षेत्रको यस्तो विसम परिस्थितीको सिर्जीत चुनौतीको सामना गर्दै स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी रूपमा सञ्चालन गर्न प्रदेशभरि डिजिटल हेल्थ र टेलिमेडिसिनको व्यवस्था र पहुँच बिस्तार गरिने भएको छ ।  

jackson ribon