विराटनगर, १ असार । १ नम्बर प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासका लागि १ अर्ब १९ करोड १० लाख बजेट विनियोजन गरेको छ । पर्यटकीय स्थलहरूमा पूर्वाधार निर्माणका लागि सो बजेट विनियोजन गरेको हो ।
बजेटअनुसार पद मार्गको निर्माण गर्ने, भएका पर्यटकीय क्षेत्रलाई व्यवस्थित गर्ने, पर्यटकीय क्षेत्रको दीर्घकालीन विकासका लागि सो बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले जानकारी दिए ।
प्रदेश १ सकारले उद्योग क्षेत्रको विकासका लागि २० करोड बजेट विनियोजन गरेको छ । सो बजेटले उद्योग विस्तार तथा नेपाली कामदार मात्र राख्ने उद्योगको प्रोत्साहन र समग्र औद्यागिक क्षेत्रको विकास खर्च हुनेछ ।
१ नम्बर प्रदेश सरकारले बन तथा बातावरण क्षेत्रको विकासका लागि १ अर्ब ४५ करोड बजेट विनियोजन गरेको छ । सो बजेटमा भएका वन विस्तार गर्ने, तराई क्षेमा नयाँ वन निर्माण गर्ने, कृषलाई बिरुवा वितरण गर्न सो बजेट विनियोजन गरेको हो ।