विराटनगर, १ असार । १ नम्बर प्रदेश सरकारले सिचाइँ तथा नदी व्यवस्थापनका लागि चार अर्ब नौ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७७–०७८ का लागि ४ अर्ब नौ करोड बजेट विनियोजन गरेको हो ।
बजेटमा नयाँ सिचाइँ आयोजना सञ्चालन गर्न, नदी कटान नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ । भएका सिचाइँ आयोजना व्यवस्थित गर्न पनि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ ।
खानेपानी र सरसफाइका लागि २ अर्ब
प्रदेश सरकारले खानेपानी तथा सरसफाइका लागि २ अर्ब बजेट विनियोजन गरेको छ ।
जनतालाई स्वस्थ्य खाने पानी र सरसफाइका लागि सो बजेट विनियोजन गरेको प्रदेश १ आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले बताए ।